काठमाडौँ– फिल्म ‘ज्वाइँ साब’ मा हास्य कलाकार जीतु नेपाल र अभिनेत्री नीति शाह मुख्य भूमिकामा देखिने भएका छन् । चित्लाङको विभिन्न क्षेत्रमा सुटिङ भइरहेको यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका छन् ।
फिल्म ‘ज्वाइँ साब’ लाई समसामयिक विषयमा निर्माण गरिएको हो । आगामी तिहारमा रिलिज गर्ने तयारीसहित छायांकन भइरहेको फिल्मले सामाजिक कथालाई कमेडी शैलीम प्रस्तुत गरिने जनाइएको छ ।
फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहने छ । रेड आइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो ।
उनीहरुसहित यो फिल्ममा बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया