काठमाडौँ– टी२० विश्वकप क्रिकेटका लागि अमेरिका जान लागेका सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।
अमेरिकाले एक हप्ताअघि पनि सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।
यसअघि अमेरिकाले भिसा दिन अस्वीकार गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । अमेरिकी दूतावासले आज (बिहीवार) सन्दीपलाई अन्तर्वार्ताका लागि बोलाएको थियो ।
सन्दीपका फ्यानले उनलाई भिसा दिइनुपर्ने भन्दै केही दिनअघि माइतीघरमा विरोध प्रदर्शन समेत गरेका थिए । सामाजिक सञ्जालमा पनि भिसा दिनुपर्ने माग गरिएको थियो ।
सरकारले पनि कुटनीतिक नोट पठाउँदै सन्दीपलाई अमेरिका पठाउन भिसाका लागि आग्रह गरेको थियो । तर, अमेरिकाले दोस्रोपटक पनि अस्वीकार गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया