मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युवापुस्ताको प्रेममा आउने उतार चढावको कथा ‘लन्डन टु पेरिस’

काठमाडौँ – युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित रहेर चलचित्र ‘लन्डन टु पेरिस’ निर्माण गरिएको निर्देशक घनश्याम लामिछानेले बताएका छन् । 

यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्देशक लामिछानेले दर्शकको नजरबाट चलचित्र तयार गरिएको बताए ।

 “यो भ्रमणका क्रममा भेटिने जोडीको प्रेम कथा हो । सोहीअनुसार चलचित्र निर्माण गरेका छौँ । यहाँ हुने घटनाक्रम वास्तविकझैँ छन् । यो कथा नै लन्डनदेखि पेरिससम्मको भएकोले त्यस पृष्ठभूमिमा तयार गरेका छौँ”, निर्देशक लामिछानेले भने, “हामीले विदेशी दृश्यलाई छायाङ्कन गर्दा इजाजत लिएर गर्ने गरेका छौँ । यस पटक पहिलेभन्दा अझ धेरै मिहिनेत गरेर सबै पक्षलाई समेट्ने प्रयास गरेका छौँ ।”

बेलायतमा छायाङ्कन गरिएको यो चलचित्रमा पनि कुनै सम्झौता नगरेको उनको भनाइ छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कथावस्तुकै कारण आफूले चलचित्रमा काम गरेको बताइन् । 

चलचित्रमा अभिनेत्री शाहसँगै कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारले अभिनय गरेका छन् । यसै चलचित्रमार्फत निश्चल खड्का र गरिमा शर्माले अभिनयको शुरुआत गर्दै छन् ।

चलचित्रमा अभेद परवले छायाङ्कन, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरले सङ्गीत सिर्जना, सजु चन्दनले सम्पादन, सुजिल कर्माचार्यले पार्श्व सङ्गीत सिर्जना गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?