मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लिभर सिरोसिसको कारण रक्सी मात्र होइन, यी कुराले पनि यो रोगको जोखिम बढाउँछ

काठमाडाैँ – सानै उमेरमा मदिराको अत्याधिक प्रयोगले युवालाई लिभर सिरोसिसको सिकार बनाउँदैछ । केही वर्षअघि यो रोग ५० वर्षभन्दा माथिका मानिसमा देखिने गरेको थियो भने अहिले ३० वर्षपछि मात्रै युवामा देखिन थालेको छ ।

कोरोनापछि यो समस्या झनै बढेको छ । कलेजो सम्बन्धी समस्याको कारण रक्सी मात्र होइन, निष्क्रिय जीवनशैली र अस्वस्थ जीवनशैलीलाई पनि यसका लागि जिम्मेवार मानिन्छ ।

कोभिडको समयमा लकडाउनका कारण मानिसको शारीरिक गतिविधि नगण्य भएको थियो । जसले कलेजोको समस्या बढाउँछ । यस बाहेक फास्टफुड, जंक फूड, तैलीय र पिठोमा आधारित वस्तुको अत्याधिक सेवनले पनि कलेजोको स्वास्थ्यमा असर गरिरहेको छ ।

यी अस्वस्थ बानीका कारण ११ देखि १९ वर्ष उमेर समूहका ५–१० प्रतिशत बालबालिका पनि फ्याटी लिभर र लिभर सिरोसिसको सिकार भइरहेका छन् ।

कलेजो सिरोसिसको कारणहरु

अत्याधिक मदिरा सेवन गर्ने
कलेजो सिरोसिसको प्रमुख कारण अत्यधिक मदिरा सेवन हो । यसले कलेजोका कोशिकाहरूलाई क्षति पुर्‍याउन सक्छ, जसले सुन्निन सक्छ। ध्यान नदिँदा समस्या बढ्न सक्छ।

क्रोनिक हेपाटाइटिस बी
क्रोनिक हेपाटाइटिस बी एक भाइरल संक्रमण हो जसले कलेजोमा क्षति र सूजन निम्त्याउन सक्छ।

क्रोनिक हेपाटाइटिस सी
यो पनि भाइरल इन्फेक्सन हो जसले कलेजो सुन्निन सक्छ। जसका कारण कलेजोको कार्य प्रभावित हुन थाल्छ ।

गैर-अल्कोहल फ्याटी कलेजो रोग
यो समस्यामा कलेजोमा अतिरिक्त बोसो जम्मा हुन थाल्छ । यो समस्याले अल्कोहल नपिएर पनि कलेजोमा क्षति पुर्‍याउन सक्छ। अस्वस्थकर खानपान र जीवनशैली नै यो समस्याको सबैभन्दा ठूलो कारण हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?