मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्रिजको जस्तै चिसो पानीको लागि अपनाउनुस् यो उपाय

काठमाडौँ– गर्मीयाममा सबैलाई चिसो पानी पिउन मनपर्छ । चिसो पानीका लागि अधिकांश मानिस फ्रिजको प्रयोग गर्छन् । तर तपाई चर्को घामबाट आउनु भएको छ भने फ्रिजको पानीले पनि प्यास मेट्न सक्दैन । साथै फ्रिजको पानी स्वास्थ्यको लागि हानीकारक हुन सक्छ । त्यसैले माटोको भाँडोको पानी पिउनु उपयुक्ता हुन्छ । किनकि यसले लुबाट बचाउनुका साथै पाचन प्रणालीमा पनि सुधार गर्छ ।

कोही मान्छे कस्तो माटोको भाडोँ किन्ने भन्नेबारे जानकारी हुँदैन । यदि तपाई धेरै चिसो हुने मट्का वा माटोको भाडोँ किन्न चाहनुहुन्छ भने हामी तपाईलाई मद्दत गर्न सक्छौँ । यस तरिकाले मट्कामा फ्रिजको जस्तै चिसो पानी बनाउन सकिन्छ ।
काँचो भाडो परिक्षण गर्नुहोस् ।

माटाको भाडोँ किन्नुभन्दा पहिले क्वालिटीलाई परिक्षण गर्नुहोस् । काचोँ भाडोँ फुट्न सक्ने सम्भावना धेरै हुन्छ । यदि भाडोँ धेरै पाकेको छ भने पानी कम चिसो हुन्छ । खराब माटोबाट मट्कामा व्याक्टेरिया हुन्छ । त्यसैले क्वालिटीमा ध्यान दिनुपर्छ ।

मट्कालाई बजाएर परिक्षण गर्ने
गाउँ–गाउँमा मटका किन्नुअघि त्यसलाई बजाउने प्रयास गरिन्छ । यदि कतै प्वाल वा चुहावट छ भने, अलि फरक आवाज सुनिन्छ। तर जब भाँडो ठीक हुन्छ । यसले ठोस आवाज निकाल्छ। यसरी जाँच गरी किन्दा तपाई कहिल्यै पछुताउनु पर्दैन।

पानी भरेर परिक्षण गर्ने
सहरका मान्छेले भाँडोलाई बजाएर पनि चिन्न सक्दैन । यसको लागि तपाई पानी भरेर परिक्षण गर्न सक्नुहुन्छ । यदि तपाई ट्यापमा जडान गरेको भाँडो किन्दै हुनुहुन्छ भने त्यसमा पनि चुहावटको समस्या हुन सक्छ । त्यसैले पानी भर्दा सावधान हुनुहोस् ।

भाँडोलाई भित्रबाट पनि परिक्षण गर्ने
माटोको भाँडो किन्दा भित्रको सफाई पनि ध्यान दिनुपर्छ । कुनै भाँडोमा भित्रभित्र जालो परेको हुन्छ । यस अवस्थामा माटोको भाँडो सफाई गर्न सक्दैन र किटाणु पर्ने सम्भावना बढी हुन्छ । भाँडोको मुखमा पनि चौडाइ हुनुपर्छ । यदि बिर्को छ भने ठीक छ वा छैन हेर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?