बच्चाको स्वभाव निर्माणमा धेरै कुराले प्रभाव पार्छ । यसमा हार्मोन्सले धेरै काम गर्छ । तर धेरैजसो वरिपरीको माहोलले नै उनीहरुको स्वभावमा सबैभन्दा ठूलो भूमिका खेल्छ । यदि तपाईंका बच्चा रिसाहा र झगडालु छन् भने तल उल्लेखित कुराहरुलाई ध्यान दिनुसस्बच्चालाई सधैँ छुट दिनु हुन्न ।
बच्चाहरु विभिन्न स्वभावका हुन्छन् । कोही शान्त हुन्छन् त कोही छुलछुले । कोही ज्ञानी हून्छन् त कोही रुन्चे । केही बच्चाहरु चाहिँ अत्यधिक रिसाहा र झगडालु हुन्छन् ।
अभिभावकले बच्चामा आउने हरेक परिवर्तनमाथि ध्यान दिन निकै जरुरी हुन्छ । केही अभिभावकहरुले किशोरावस्थामा बच्चामा आउने परिवर्तनलाई सामान्य मानेर खासै ध्यान दिँदैनन् । अनि बच्चालाई एक्लै ती समस्यासँग जुध्न छाडिदिन्छन् । ती समस्याबाट बाहिर आउन मद्दत गर्दैनन् । बच्चाले एक्लै संघर्ष गर्छ ।
तर, यस्तो गर्नु ठीक होइन । तपाईँले यस्तो गर्नुभयो भने उनीहरुले गलत बाटो समात्न सक्छन् । बच्चा समझदार बनुन् भन्नका खातिर केही नियम बनाउनुस् अनि ती नियमको पालन गरेका छन् भन्ने सुनिश्चित गर्नुस् ।
अरुको अगाडि गाली नगर्ने
बच्चाको पनि आत्मसम्मान हुन्छ र त्यसमा ठेस लाग्यो भने उनीहरु दुखित र क्रोधित हुन्छन् । खासष्री ३ देखि ४ वर्षका ‘हाइपर एक्टिभ’ बच्चाहरुमा आत्मसम्मानको भावना विकसित हुन थाल्छ । त्यसैले यदि बच्चाहरुलाई उनीहरुको साथी वा नातेदारहरुको अगाडि गाली गर्नुभयो वा पिट्नुभयो भने उनीहरु त्यसलाई सहजै पचाउन सक्दैनन् ।
कहिल्यै नपिट्ने
बच्चालाई तह लगाउने नाममा कतिपय आमाबाबुले उनीहरुमाथि हात उठाउँछन् । पिटाइ खाएपछि बच्चाले गल्ति दोहोर्याउँदैन भन्ने उनीहरुको विश्वास हुन्छ । तर बाबुआमाबाट धेरै पिटाई खाने बच्चाहरु थेत्तरो पनि हुन्छन् र उनीहरुलाई पिटाईले असर गर्न छोड्छ । बरु उनीहरुमा आक्रोश र घृणाको भावना विकास हुन थाल्छ । त्यसैले बच्चालाई पिटेर तह लगाउन खोज्नुजस्तो मुर्खता अरु केही होइन ।
क्रियाकलापमा नजर
यदि तपाईंको बच्चा पनि सामान्यभन्दा बढि रिसाउन थालेको भने उसको हरेक गतिविधिहरुलाई ध्यान दिनुस । कहिले साथीहरुसँगको झैंझगडाको कारणले, कहिले स्कुलमा शिक्षकको खप्कि खाएर वा कसैले अनावश्यक दुख दिएर उनीहरु रिसाहा बनेको हुन सक्छ ।
उनीहरुको हौसला बढाउनुस्, हिम्मत दिनुस् । यस्तोमा तपाईँको विद्रोही स्वभावको छोरा छोरी पनि बिस्तारै बिस्तारै समझदार बन्नेछन् ।
व्यवहारिक ज्ञान दिनु आवश्यक
कैयन् आमाबाबुहरु बिहानदेखि रातिसम्म बच्चालाई पढ्न मात्रै भनिरहन्छन् । तर, यसरी एकोहोरो पढ्न मात्रै दवाव दिँदा बच्चाहरुमा पढाईप्रति नै वितृष्णा जागृत हुन सक्छ र उनीहरु रिसाहा बन्न थाल्छन् । हाइपर एक्टिभ बच्चाहरुको दिमाग पढाईभन्दा पनि खेलकुदमा बेसी हुन्छ । त्यसैले एउटा निश्चित मय पढ्न लगाएर बाँकी समय उनीहरुलाई खेल्न छोडिदिनुपर्छ । साथै उनीहरुलाई किताबी ज्ञानको अलावा सामाजिक तथा व्यवहारिक ज्ञान दिनु पनि बाबुआमाको कर्तव्य हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया