मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छैटौँ ब्युटिसियन ट्यालेन्ट नेपालको ताज शर्मिलालाई

काठमाडौँ –  ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’को उपाधि शर्मिला बुढाथोकीले जितेकी छिन् । बेष्ट नेलआर्टको उपाधि समेत हात पारेकी उनले  झापाकी शर्मिलाले २५ हजार नगद सहित विभिन्न उपहार प्राप्त गरिन् ।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनले आयोजनामा जमल स्थित नाचघरमा भएको प्रतियोगितामा फस्ट रनरअप र मोस्ट ट्यालेन्ट अवार्ड निशा थापाले जित्दा सेकेन्ड रनरअप र बेस्ट हेयर स्टाइल अवार्ड अम्बिका तुलाधर अधिकारीले प्राप्त गरिन ।

त्यस्तै थर्ड रनरअप र बेस्ट हेयर केमिकल टेक्निशियन अवार्ड रजनी राईले हासिल गरे । 

प्रतियोगीतको निर्णायाकमा डा. सरोज लामिछाने, अभिनेता तेज गिरी, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक विमला मानन्धर, इभेन्ट निर्देशक धिरज तण्डुकार, व्युटिसियन पूजा श्रेष्ठ, बाटिका क्रियसनकी फेशन डिजाइनर गोमा अधिकारी धिताल र हाईड एन्ड सिक किन्डर गार्डेनकी प्रिन्सियल कुमुद भट्ट लगायत थिए ।

निर्णायक टिमले प्रतियोगितामा थुप्रै उपविजेता समेत छानेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?