काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ ।
उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो । अब सन्दीपले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउनेछन् ।
यसअघि सन्दीपलाई पुस १३ गते जिल्ला अदालतले काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । उच्च अदालतले उनलाई (आज) बुधवार सफाइ दिएको हो ।
यता क्यानले सन्दीपलाई विश्वकप खेल्नका लागि अमेरिका पठाउने तयारी थालेको छ । अब एक–दुई दिनमा उनलाई सबै प्रकिया मिलाएर विश्वकपका लागि अमेरिका पठाइने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया