काठमाडौँ– उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौँले गरेको फैसलालाई बुधबार उच्च अदालतले उल्टाउँदै उनलाई सफाइ दिएको हो ।
उच्च अदालतको फैसलापछि लामिछानेले टी–२० विश्वकपमा खेल्ने बाटो खुलेको छ ।
दुई दिनको बहस पछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।
गत पुस १३ गते जिल्ला अदालतले काठमाडौँले उनलाई दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिर ढकालको इजलासले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।
त्यसपछि सन्दीप लामिछानेले आफू निर्दोष रहेको भन्दै उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया