मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रकाश दूतराजको नयाँ गीत ‘करिम’ को किन भइरहेको छ आलोचना?

काठमाडौँ– गायक प्रकाश दूतराजले हालै एक गीत सार्वजनिक गरे, करिम । यो गीतको भिडियो सार्वजनिक भएपछि चर्चासँगै यसको विरोध पनि भएको छ ।

उनले यस गीतको भिडियोमा वादी समुदायका महिला तथा बालिकाले बाध्य भई यौन व्यवसायमा लाग्नु परेको परिस्थितिलाई भिडियोमा देखाएका छन् ।

नेपालमा बसोबास गर्ने वादी समुदायका महिलाको चरम पीडा र बाध्यतालाई प्रकाशले यस गीतमा प्रस्तुत गरेका छन् । यस गीतमा प्रकाशसँगै शान्तिश्री परियारको स्वर रहेको छ । नवीन घर्ती मगरले गीतको भिडियो निर्देशन गरेका छन् ।

सुनिता परियारले यस गीतले नेपाली समाजको चरित्रलाई बुझ्नै नखोजी देखावटी रुपले कथा लेखन गरेको आरोप सामाजिक सञ्जाल मार्फत गीतबारे आलोचना गरेकी छिन् । उनले लेखेकी छिन्, ‘यस प्रकारका दृष्यहरु निर्माण गर्नु वादी जातिलाई अझै सयौं वर्ष त्यही भूमरीमा धकेल्नु होइन र ?’

उनले यस विषयमा अझ प्रष्ट पार्दै लेखकी छिन्, ‘त्यही भुमरीमा हुर्केर, बढेर र पढेर सक्षम भएका बादी युवाहरु जति पनि पाउनु हुन्छ । उनीहरुको जीवनको बारेमा अध्ययन खै ? केवल वादी महिलाको देहलाई व्यापार गर्ने मनोविज्ञानबाट प्रेरित नहुनुहोस् ।’

सुनिताले भिडियोका केही दृश्य हटाउन समेत अनुरोध गर्दै गीतले वादी समुदायका महिलाप्रति गलत सोच राखेको बताएकी छिन् ।

यस खालको आलोचनापछि दूतराजले आजभोलि यो कुराहरु धेरै हराइसकेको छ भन्दै प्रतिक्रिया दिएका छन् । समुदायका छोरीचेलीहरु आधुनिकतासँगै परिवर्तनशील भई विभिन्न क्षेत्र तथा देश–विदेशका विभिन्न ठाउँहरुमा रही आफ्नै मेहनतले जीवन चलाइरहेको समेत उनले बताएका छन् ।

उनले ‘करिम’ वर्तमान समयमा आधारित भएर नबनाएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

युट्युबमा भने उनले उहिलेको नेपालको वास्तविक कथालाई प्रस्तुत गरिएको भन्दै दर्शकले सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?