काठमाडौँ– बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ ।
अदालत स्रोतले बहस सकिएको जानकारी दिएको हो ।
आज (मङ्गलवार) न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा सबै पक्षको बहस सकिएको हो ।
बहस सकिएसँगै आजै फैसला आउने वकिलहरूले बताएका छन् । सुरुमा सन्दीपका वकिलले बहस गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया