मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेत्री जो पर्दामा आमा बने, वास्तविक जीवनमा नि:सन्तान रहे

काठमाडाैँ – बलिउडमा यस्ता धेरै अभिनेत्री छन् । जसले पर्दामा आमाको भूमिका निर्वाह गरेपनि वास्तविक जीवनमा भने आमा बन्ने अवसर पाएनन् ।

कैयन् बलिउड अभिनेत्रीहरू आफ्नो व्यावसायिक जीवनमा धेरै सफल भए तर व्यक्तिगत जीवनमा उनीहरूले धेरै पीडा भोगे। कतिपय अभिनेत्रीले आमा बन्ने खुसी पनि पाउन सकेका छैनन् । आज उनी सन्तानविहीन जीवन बिताइरहेका छन् ।

आज हामीले ती अभिनेत्रीहरूका बारेमा चर्चा गर्न गइरहेका छौँ ।

मनिषा कोइराला

अभिनेत्री मनिषा कोइराला पछिल्लो समय आफ्नो रिलिज सिरिज ‘हिरामण्डी’बाट चर्चामा छिन् । यी अभिनेत्रीको करियर पनि निकै सफल थियो तर उनको व्यक्तिगत जीवन त्यति राम्रो भएन ।

मनिषाले नेपाली व्यवसायी सम्राट दाहालसँग विवाह गरेपनि उनीहरुको सम्बन्ध विच्छेद भयो । त्यसपछि मनिषाले फेरि बिहे गरिनन् । अभिनेत्री निःसन्तान छिन् ।

रेखा

बलिउडकी सदाबहार रेखा सधैं धेरै मेकअपमा देखिने गर्छिन् । दिग्गज अभिनेत्रीको करियर जति सफल थियो, उनको व्यक्तिगत जीवन पनि उत्तिकै पीडादायी थियो। रेखाले सानैमा श्रीमान गुमाएकी थिइन् । यसपछि उनले फेरि बिहे गरिनन् र आमा बन्न सकिनन् ।

जया प्रदा

बलिउडकी दिग्गज अभिनेत्री जया प्रदाले सन् १९८६ मा फिल्म निर्माता श्रीकान्त नाहटासँग विवाह गरेकी थिइन् । तर, विवाह गरेको वर्षौंपछि पनि जया आमा बन्न सकिनन् । पछि सो दम्पतीले एक बच्चालाई धर्मपुत्र लिएका थिए ।

सङ्गीता बिजलानी

यो सूचीमा सङ्गीता बिजलानी पनि परेकी छन् । सलमान खानकी पूर्व प्रेमिका रहेकी संगीताले सन् १९९६ मा क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग विवाह गरेकी थिइन् । सङ्गीता अजहरुद्दीनकी दोस्रो श्रीमती थिइन् ।

संगीता र अजहरुद्दीनको सम्बन्ध लामो समय टिक्न सकेन र विवाहको १४ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो । सङ्गीता पनि आमा बनिनन् ।

सायरा बानो

बलिउडकी दिग्गज अभिनेत्री सायरा बानोले स्वर्गीय दिलिप कुमारसँग विवाह गरेकी छिन् । यो जोडीलाई बलिउडको सुपरहिट जोडी मानिन्छ । दुवैले एकअर्कालाई असाध्यै माया गर्थे । दिलीप र सायराले आफ्नो जीवनमा सबै कुरा हासिल गरे तर सन्तानको सुखबाट वञ्चित भए ।

शबाना आजमी

यो सूचीमा शबाना आजमी पनि परेकी छिन् । शबानाले जावेद अख्तरसँग विवाह गरिन् । उनी जावेदकी दोस्रो श्रीमती हुन् । यसअघि जावेदले हनी इरानीसँग विवाह गरेका थिए । जसबाट उनका दुई सन्तान फरहान अख्तर र जोया अख्तर छन्।

विवाहको धेरै वर्ष बितिसक्दा पनि शबाना आमा बन्न सकिनन् । तर, उनी जावेदकी पहिलो श्रीमतीका छोराछोरी फरहान र जोयालाई आफ्ना छोराछोरी जस्तै माया गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?