काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।
बैंगलुरुले दिएको १८८ रनको लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अलआउट हुदै १४० रन मात्र बनाएको थियो । यस अघि बैंगलुरुले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १२ अङ्क भएको छ र अङ्क तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । अब बैंगलुरुले आफ्नो अन्तिम खेल आगामी शनिबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।
त्यसैगरी दिल्ली क्यापिटल्सको भने यो हारपछि प्लेअफको सम्भावना मुस्किल बनेको छ । दिल्लीको १३ खेलमा १२ अङ्क रहेको छ र छैटौँ स्थानमा रहेको छ । अब दिल्लीले आफ्नो अन्तिम खेल मंगलबार लखनउसँग खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया