मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रोहित पौडेल आर्मी छाडेर एपीएफमा आबद्ध

काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विभागीय क्लब आर्मी छोडेर विभागीय क्लब एपीएफमा आबद्ध भएका छन् । रोहितले केही वर्ष यता आर्मीबाट खेल्दै आएका थिए । 

 रोहितले केही दिन अघि मात्रै आर्मी छाडेका हुन् ।  उनले सन् २०१८ मा एपीएफबाट खेल्दै प्रधानमन्त्री कपको उपाधि जितेका समेत जितेका छन् । एपीएफमा आबद्ध रोहितले आगामी प्रधानमन्त्री कप एपीएफ क्लबबाट खेल्दै छन् । 

रोहित हाल राष्ट्रिय टिमको कप्तान हुन् । उनकै कप्तानीमा नेपालले एकदिवसीय मान्यता जोगाउनुको साथै, टी–२० विश्वकपमा छनोट भएएको र पहिलो पटक एसिया कप खेलेको थियो ।

अब रोहितसँगै, हरि चौहान, सुशन भारी र विक्रम सोबलाई आर्मीको टिममा देखिने छैनन। हरि चौहानले केही महिनाअघि नै आर्मी छोडेका थिए भने सुशन र विक्रम सोब आर्मी छोडेर अष्ट्रेलिया पलायन भइसकेका छन् । 

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । प्रतियोगिता राउन्ड रोविन प्रणालीमा रहेर ४६ वटा खेल हुनेछन् । यो प्रतियोगिता त्रिवि क्रिकेट मैदान, मूलपानी र भैरहवामा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?