काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले २ गोल गरेका थिए भने केभिन डी ब्रुने र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटी लिगमा दोस्रो स्थानमा उक्लिएको छ । ३३ खेलमा ७६ अङ्कसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको आर्सनल ३४ खेलमा ७७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी ब्राइटनको भने ३३ खेलमा ४४ अङ्क रहेको छ र लिगमा ११औँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया