काठमाडौँ – नेपालले चीनको युननानमा हुने बोर्डर सिङफु स्पोर्ट्स कार्निभलअन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा खेलमा सहभागिता जनाउने भएको छ ।
सो प्रतियोगीतामा सहभागी हुन जाने खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।
सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै विजय बुर्जा ९कप्तान०, निकेश मगर, मनीष केसी र निश्चल महर्जनले भाग लिदै छन् । त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुशिल गुरुङ पनि जादै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया