मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ । जिल्ला अदालत, काठमाडौँको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ ।

 गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्म दर्तामा जन्म मिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।


साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ । उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ । 

उक्त पत्रमा गौशाला २६ को जन्म मिति २०६१ असार १८ रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्म दर्ता निकालेको खुलेको थियो ।

सोही विषयमा अदालतले आजबाट सुनवाइ शुरू गर्न लागेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?