काठमाडौँ – दक्षिण एसियाली कुराशमा नेपाललाई २ स्वर्ण र ३ रजत पदक जितेको छ ।
भारतको केरेलामा वैशाख ७ देखि ८ गतेसम्म भएको प्रथम दक्षिण एसियाली कुराश प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको छ ।
नेपालका लागि योगेन्द्र विष्टले ८१ केजी समूहमा र दिक्षा मगरले ४४ केजी समूहमा स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी दिपिका अचाजुले ८७ केजी समूहमा, परि घर्ती क्षेत्रीले ६३ केजी समूहमा र अर्जुन क्षेत्रीले ६० केजी समूहमा रजत पदक जितेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया