काठमाडौँ – युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलका दोस्रो लिगका खेलहरू सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।
युरोपा लिगको सेमिफाइनलमा इटालियन सिरी ए का एएस रोमा र एटलान्टा पुगेका छन् भने जर्मनी क्लब लिभरकुसन र फ्रेन्च क्लब मार्सेली सेमिफाइनलमा पुगेका छन् ।
अब सेमिफाइनलमा मार्सेलीले एटलान्टाको सामना गर्ने छ भने रोमाले जर्मन च्याम्पियन लिभरकुसनको सामना गर्ने छ ।
क्वाटरफाइनलमा रोमा एसी मिलानलाई पहिलो लिगमा १-० ले र दोस्रो लिगमा २-१ गरी समग्रमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै एटलान्टाले प्रिमियर लिग क्लब लिभरपुललाई पहिलो लिगमा ३-० ले पराजित गरेको थियो भने दोस्रो लिगमा लिभरपुलले १-० ले जितेपनि समग्रमा एटलान्टा ३-१ ले विजयी हुदै सेमिफाइनलमा पुगेको छ ।
त्यसैगरी लिभरकुसनले प्रिमियर लिग क्लब वेस्टह्यामलाई पहिलो लिगमा २-० र दोस्रो लिगमा १-१ को बराबरीसहित समग्रमा ३-१ ले पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै मार्सेलीले पोर्चुगलको क्लब बेनिफिकालाई पहिलो लिगमा २-१ ले पराजित भए पनि दोस्रो लिगमा १-० ले पराजित गर्दै समग्रमा २-२ को नतिजा आएपछि पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
अब सेमिफाइनलको पहिलो लिगका खेल मे २ मा र दोस्रो लिगका खेल मे ९ मा हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया