मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जर्मनीलाई विश्वकप जिताउने फुटबल हस्ती बेकनबाउरको निधन

काठमाडौँ – जर्मन फुटबल हस्ती फ्रान्स बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको निधन आइतबार भएको हो । तर जर्मन फुटबल महासंघ (डीएफबी) ले सोमबार राति यसबारे जानकारी गराएको थियो । 

बेकनबाउर पनि फुटबलका महत्वपूर्ण तीन उपाधि जितेका व्यक्ति हुन । उनले सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनीबाट आफ्नै कप्तानीमा विश्वकपको उपाधि जिते भने बायर्न म्युनिखबाट १९७४, ७५ र ७६ गरी तीन वटा  च्याम्पियन्स लिगको उपाधि पारे ।

यस्तै, उनले १९७२ र ७६ गरी दुईपटक बालोन डि‘ओर हात पारेका थिए । 

दोस्रो विश्वयुद्ध सकिएको चार महिनापछि १९४५ जन्मिएका बेकनबाउर ‘काइजर’ नामले समेत चिनिन्छन् ।

उनी पहिला मिडफिल्डर थिए र पछि डिफेन्सिभ स्विपरको भूमिकामा खेले ।

उनले जर्मन राष्ट्रिय टोलीबाट १ सय ३ खेल खेलेका थिए । उनकै नेतृत्वमा जर्मनीले २००६ को विश्वकप भव्य रूपमा सफल आयोजना गरेको थियो ।

बायर्न म्युनिखलाई जर्मनीको मात्र नभई विश्वकै बलियो क्लबमा उतार्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उनले बायर्नबाट १३ वर्ष खेल्दै बुन्डेसलिगाको ४ सय २४ खेलमा सहभागिता जनाएका थिए । उनले यो क्लबबाट तीन जर्मन उपाधि र तीन युरोपियन्स कप जितेका छन् । उनले १९७७ मा पेलेसँगै न्युयोर्क कसमसबाट खेलेका  िथए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?