काठमाडौँ– एसीसी प्रिमियर कपमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । ओमनमा भएको खेलमा नेपालले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७८ रनमात्र बनाउन सक्यो ।
कतारका लागि कप्तान मुहम्मद तनवीरले ३३ बलमा ६३ रन बनाए । त्यसैगरी, हिमांशु राथोडले २२ रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र ललीत राजवंशीले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १० को विशाल योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ६४ रन बनाए । अन्तिम ओभरमा उनले ६ बलमा ६ छक्का प्रहार गरे ।
नेपालका लागि आशिफ शेखले ५२ रनको अर्धशतकीय पारी खेले । कतारका मुशावर शाह र हिमांशु राथोडले समान तीन विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया