मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘अब धनगढी दौडिन्छ’ म्याराथनमा मुकेश पाल प्रथम

धनगढी- ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँ वर्ष २०८१ का आवसरमा कैलालीको धनगढीमा आज आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका छन् । धनगढी जेसीजद्वारा आयोजित २१ किलोमिटर दूरीको उक्त हाफ म्याराथन मुकेशले एक घण्टा सात मिनेट ५७ दशमलव ३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान प्राप्त गरे ।

जितसँगै नेपाली सेनामा कार्यरत उनले रु ६६ हजार ६ सय ६६ पुरस्कार प्राप्त गरे । यस्तै दुर्गाबहादुर बुढाले एक घण्टा आठ मिनेट १२ दशमलव ७७ मिनेटमा उक्त दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गरे । उनलाई रु ४४ हजार चार सय ४४ पुरस्कार प्रदान गरियो । एक घण्टा आठ मिनेट ४९ दशमलव ८६ सेकेन्डमा उक्त दूरी पार गरी तेस्रो स्थान प्राप्त गर्ने नरेन्द्रसिंह रावतलाई रु ३३ हजार तीन सय ३३ पुरस्कार प्रदान गरियो । हाफ म्याराथनमा उल्लेख्य सङ्ख्यामा खेलाडी सहभागिता थियो ।

धनगढी रङ्गशालाबाट सुरु भएको हाफ म्याराथन सहिद गेट हुँदै गेटा मेडिकल कलेज पुगेर पुनः रङ्गशाला फर्किएर समापन भएको थियो । यस्तै, पुरुष पाँच किलोमिटर दौडतर्फ कवीर कामी प्रथम, विकास बोहरा दोस्रो र विकास सिंह तेस्रो भए । पाँच किलोमिटरकै महिला दौडमा कमला बडुवाल पहिलो, बागेश्वरी धामी दोस्रो र तुलसी रावत तेस्रो भए ।

दुवै विधामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु ६ हजार ६ सय ६६, रु चार हजार चार सय ४४ र रु तीन हजार तीन सय ३३ पुरस्कार प्रदान गरिएको धनगढी जेसिजका हरि जोशीले बताए । धनगढी जेसिजले एक दशकदेखि नयाँ वर्षको पहिलो दिन ‘धनगढी दौडिन्छ’ नाराका साथ हाफ म्याराथन प्रतियोगिता गर्दै आएको छ ।

धनगढीको समग्र विकासमा टेवा पु¥याउन यस्तो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । आजको प्रतियोगिताको प्रवद्र्धकमा जेसिज एभरेष्ट स्कुल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, धनगढी उपमहानगरपालिकालगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?