काठमाडौँ– शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत सार्वजनिक गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा पवन गिरीको स्वर रहेको छ भने संगीत झूमा लिम्बुले तयार पारेकी हुन्।
गीतमा स्वपनिल स्मृतिको शव्द रहेको छ। गीतमा डिग्री माइला बनेका दयाहाङ राई तथा ‘मुना’को भूमिकामा रहेकी आँचल शर्मालाई फिचर गरिएको छ।
भिडियो सिनेमाको थिममा आधारित भएर तयार पारिएको छ। रामबाबु गुरुङ निर्देशित सिनेमाले आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया