मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकामा अश्वेत कार चालक माथि प्रहरीले चलायो ४१ सेकेन्डमा ४६ गोली

काठमाडौँ – अमेरिकाको शिकागो प्रहरीले एक व्यक्तिको कारमा ४१ सेकेण्डमा ९६ गोली हानेको खुलेको छ । 

सो कारमा रहेका अश्वेत चालक डेक्सटर रीडको मृत्यु भएको थियो, जुन घटना गत मार्च २१ गते भएको बताइएको छ । तर, अहिले यसैसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि हङ्गामा मच्चिएको छ ।

घटनाको समयमा त्यहाँ उपस्थित प्रहरी अधिकृतको वर्दीमा जडान गरिएको बडी क्याममा भिडियो रेकर्ड गरिएको थियो। जसमा सेतो कारमा ५ जना प्रहरीले गोली हानेर देख्न सकिन्छ । गोलीको आवाज पनि सुनिन्छ ।

प्रहरीका अनुसार रीडले एक जना अफिसरमाथि पहिलो गोली चलाएको थियो । जवाफमा अन्य अधिकारीहरूले गोली चलाए। तर, भिडियोमा रिडले गोली हानेको भने देखिँदैन । तर उनको कारबाट बन्दुक बरामद भएको छ ।

अमेरिकन समाचार संस्थाका अनुसार रीडले गाडी चलाउँदा सिट बेल्ट लगाएका थिएनन्, त्यसैले प्रहरीले उनलाई रोकेर सोधपुछ गरिरहेको थियो । प्रहरीका अनुसार रीडले त्यसपछि पहिला गोली चलाएका थिए ।

भिडियोमा प्रहरीले २६ वर्षीय डेक्सटर रीडको कार रोकेको देख्न सकिन्छ तर उसले झ्यालको सिसा खोलेर बन्द गर्‍यो । प्रहरीले उनलाई पटक–पटक बाहिर आउन आग्रह गरेको थियो ।

जब रीड बाहिर आएनन्, अफिसरहरूले आफ्नो बन्दुक ताने। यसपछि उनीहरूले गोली चलाउन थाले । रीड त्यसपछि कारबाट बाहिर निस्केर भुईँमा खसेको देखियो। प्रहरीले फायरिङ जारी राख्यो ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरी जवाफदेहिता टोलीले डेक्सटर रीडले प्रहरीमाथि पहिलो गोली चलाएको बताएको छ । जवाफमा प्रहरीले उनीमाथि गोली चलाएको थियो ।

मिडिया रिपोर्टका अनुसार रीडले ४० वटा गोली चलाएको थियो। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?