एजेन्सी– रियल म्याड्रिड र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन् । युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा दुई दावेदार टिमले ३–३ अंक जोड्दै बराबरी बनाएका हुन् ।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको उक्त खेल रोमाञ्चक बनेको थियो । खेल शुरु भएदेखि नै निकै प्रतिस्पर्धात्मक देखिएको थियो ।
खेलको दोस्रो मिनेटमा बर्नार्डो सिल्भाले सिटीलाई खेलमा अग्रता दिलाए । त्यसपछि थप रोमाञ्चक भएको खेलको १२ औं मिनेटमा रियलले एक गोल थपेसँगै बराबरीमा पुग्यो ।
त्यसपछि १४ औं मिनेटमा रियलले फेरि अग्रता लियो । दोस्रो हाफपछि ६६ औं मिनेटमा फिल फोडेनले उत्कृष्ट गोल गर्दै सिटीलाई बराबरीमा फर्काए ।
त्यसको पाँच मिनेटपछि म्यानचेस्टर सिटीले पुनः उत्कृष्ट गोल मार्फत खेलमा अग्रता लियो ।
त्यसपछि थप रोमाञ्चक बन्दै गएको खेलको ७९ औं मिनेटमा फेडेरिको भालभर्डेले गोल गरेर खेल ३-३ बनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया