काठमाडौँ – इङलिस प्रिमियर लिगको यस सिजन रोचक बनेको छ । यस सिजनका ३१-३१ खेल सकिदा लिगको उपाधि जित्न मुख्यतः तीन टिमबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएपछि यसको फाइदा आर्सनललाई भएको छ ।
यस खेलमा म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेज र कोबी माइनूले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।
अब लिगका ७ खेल खेल्न बाँकी रहदा अहिले शिर्ष स्थानमा आर्सनल रहेको छ । ३१ खेलमा ७१ अङ्क रहेको आर्सनल र लिभरपुलको पनि ७१ अङ्क रहेको अवस्थामा गोल अन्तरका आधारमा अगाडी रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलमा ७० अङ्क रहेको छ ।
त्यस्तैगरी लिभरपुललाई बराबरीमा रोकेको म्यानचेस्टर युनाइटेडको भने ३१ खेलमा ४९ अङ्क छ र लिगमा छैटौँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया