काठमाडौँ – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेन्नई सुपर किंग्समाथि दिल्ली क्यापिटलले शानदार जित निकालेको छ।
टस जितेर सुरुमा ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। १९२ रनको लक्ष्य पछ्याएको चेन्नई ६ विकेटको क्षतिमा १७१ रनमा समेटिएको हो।
चेन्नईका लागि आजिख्य रहानेले सर्वाधिक ४५ र महेन्द्र सिंह धोनीले अविजित ३७ रन बनाएका थिए । त्यसै गरि डार्यल मिचेलले ३४, रविन्द्र जेडेजाले अविजित २१ रन बनाएका थिए ।
त्यसैगरी दिल्लीका बलर मुकेश कुमारले सर्वाधिक ३ विकेट लिए भने खलिल अहमदले २ तथा अक्सर पटेलले एक विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नरले ५२ र ऋषव पन्तले ५१ रन बनाएका थिए । त्यस्तै पृथ्वी शाहले ४३ र मिचेल मार्शले १८ रन बनाएका थिए ।
यो यस सिजनमा दिल्ली क्यापिटल्सको तेस्रो खेलमा पहिलो जित हो । दिल्लीले यस सिजनका शुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । त्यस्तै शुरुका दुवै खेल जितेर शानदार जित हासिल गरेको चेन्नईले भने तेस्रो खेलमा हार बेहोरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया