मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो एआईमा आधारित आफ्नो पहिलो ल्यापटप

काठमाडौँ – माइक्रोसफ्टले एआईमा आधारित आफ्नो पहिलो ल्यापटप सर्फेस प्रो १० र सर्फेस ल्यापटप ६ सार्वजनिक गरेको छ ।

यी दुवै ल्यापटपमा इन्टेलको पछिल्लो प्रोसेसर कोर अल्ट्रा, कोपाइलट की र न्यूरल प्रोसेसिङ युनिट (एनपीयू) राखिएका छन् ।

ग्राहकले यसमा कोर अल्ट्रा फाइभ १३५ यू र कोर अल्ट्रा १६५ यू मध्ये कुनै चिप राख्न सक्नेछन् । त्यस्तै ८ जीबी र्‍यामलाई बढाएर आफ्नो आवश्यकता अनुसार ६४ जीबीसम्म पुर्‍याउन सक्नेछन् ।  

एक पटकको फुल चार्जमा यस ल्यापटपले १९ घण्टासम्म ब्याट्री ब्याकअप दिन सक्ने दाबी गरेको माइक्रोसफ्टले एआई सम्बन्धी काम गर्न यस ल्यापटपमा नयाँ अनुभव मिल्ने बताएको छ 

ल्यापटपलाई प्रयोगकर्ताले टच, भोइस र सर्फेस स्लिम पेनले चलाउन सक्छन् भने ल्यापटपमा दुई ओटा यूएसबी–सी पोर्ट र एउटा चार्जिङ पोर्ट हुनेछन् । 

फाइभजी सपोर्ट गर्ने पहिलो भएको दाबी गरिएको यो नयाँ ल्यापटपमा डिजाइन भने केही परिमार्जन गरेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?