मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बा आउनुभएको छैन !

–युगकवि सिद्धिचरण श्रेष्ठ

पानी परिरहेछ
हावा चलिरहेछ
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो,
भात पाकिसक्यो,
आमा कराउनुभइरहेछ–
बा आउनुभएको छैन !

युग बद्लिसक्यो
राणा ढलिसक्यो,
भन्दछ जन्जिर टुटिसक्यो,
अझ पनि आजादी आएको छैन,
प्रगति आएको छैन,
प्रजातन्त्र आएको छैन,
आमा कराउनुभइरहेछ–
बा आउनुभएको छैन !

हाम्रो विचारको घुँयत्रोले
हाम्रो कल्पनाको वज्रले
अन्धारको टाउको फुटिसक्यो,
अझ पनि नयाँ बिहान आएको छैन,
नयाँ युग आएको छैन,
नयाँ दिन खुलेको छैन,
आमा कराउनुभइरहेछ–
बा आउनुभएको छैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?