मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँको इन्स्टाग्राम अरूले चलाएको त छैन ? यसरी थाहा पाउन सकिन्छ

काठमाडौँ– पछिल्लो समय मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप इन्स्टाग्रामलाई धेरैले रुचाएका छन् ।

इन्स्टाग्राममा तपाईँको अकाउन्ट अरू कसैले चलाइरहेको छ कि छैन भन्ने बारे जानकारी लिन सकिने सुविधा रहेको छ तर यो सुविधाको बारेमा धेरै मानिसलाई थाहा नहुन सक्छ ।

यसकारण आज हामी तपाइलाई तपाईँको इन्स्टाग्राम अकाउन्ट अरू कसैले चलाएको छ वा छैन भनेर पत्ता लगाउने उपायका बारेमा जानकारी दिँदै छौँ । 

तपाईँको इन्स्टाग्राम अरुले चलाएको छ वा छैन, यसरी थाहा पाउनुहोस् :

– सबैभन्दा पहिले तपाईँको मोबाइलमा इन्स्टाग्राम खोली दायाँ साइडको पुछारमा रहेको  तपाईँको ‘प्रोफाइल आइकन’ मा क्लिक गर्ने ।

– त्यसपछि ‘सेटिङ’ मा क्लिक गरी त्यहाँ रहेको ‘सेक्युरिटी’ को अप्सन क्लिक गर्ने ।

– अव ‘एप्स एण्ड वेबसाइट’ मा क्लिक गर्ने ।

– योसँगै त्यहाँ देखिने वेबसाइट तथा एप्सको सूचीमध्ये कुनै एप तथा वेबसाइट हटाउनु परेको खण्डमा एपमा क्लिक गरी ‘रिभोक एक्सेस’ मा क्लिक गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?