काठमाडौँ – गुगलले आफ्ना प्रयोगकर्ताका लागि १५ जीबीसम्म निःशुल्क स्टोरेजको सुविधा दिने गरेको छ ।
यस्तो स्टोरेज सेवा जीमेल, गुगल फोटो, गुगल ड्राइभ लगायतका लागि प्रयोग गर्न सकिन्छ । तर नियमित रूपमा चलाउने गुगल अकाउन्टमा स्टोरेज फुल हुने गर्दछ ।
त्यसकारण आज हामी तपाइलाई फुल भएको गुगल अकाउन्टको स्टोरेजलाई खाली गर्ने तरिकाको बारेमा जानकारी दिँदै छौँ ।
यसरी गर्न सकिन्छ तपाइको गुगल अकाउन्ट खाली :
– तपाइको जिमेलमा भएका धेरै पुराना इमेलहरूलाई डिलिट गर्ने ।
– गुगल स्टोरेज म्यानेजर प्रयोग गर्ने यसले प्रयोगकर्तालाई जिमेलको ईमेल, स्पाम ईमेल तथा ठूला फाइलहरू हटाउन ओभर भ्यु गर्ने सुविधा दिन्छ ।
– गुगल फोटोजमा भएका फोटोलाई कम्प्रेस गर्ने ।
– आफ्नो जिमेल वा गुगल ड्राइभको वीन वा ट्र्यासमा गएर बसेका फाइल डिलिट गर्ने ।
– गुगल ब्याकअप वा सिङ्क प्रयोग गरी गुगल ड्राइभमा फाइल ब्याकअप नगर्ने
– गुगल वान प्रयोग गरी एडिसनल स्टोरेज खरिद गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया