काठमाडौँ – पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोहमा रुस र बेलारुसलाई प्रतिबन्ध लगाइएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले यी दुई देशलाई सहभागी नगराउने निर्णय गरेको हो।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेबाटै खेलकुदमा समेत रसिया र बेलारुसलाई प्रतिबन्ध लगाउँदै आइएको छ।
तर अहिलेसम्म रसियन पासपोर्टवाहकहरू १२ जना र बेलारुसको पासपोर्टवाहकहरू ७ जनाले छनोट चरण पार गर्दै पेरिस ओलम्पिकको टिकट पक्का गरेका छन्।
उनीहरूलाई देशको झन्डामुनि नभई न्युट्रल रूपमा सहभागिता जनाउन भने पाउने जनाइएको छ। साथै उनीहरूको समापन समारोहको सहभागिता हुन नहुने तय भने पछि गरिने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया