काठमाडौं– भारतले नेपाली भू उपग्रह प्रक्षेपण गर्न नेपाललाई सहयोग गर्ने भएको छ ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकले यस्तो सहमति गरेsf] हो । सहमति पत्रका दुवै देशले हस्ताक्षर गरेका हुन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान र न्यू स्पेस इन्डिया लिमिटेडका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यो सँगै सन् २०२४ भित्र नेपाल भू उपग्रह पठाउने भारतले नास्टलाई पोलार स्याटलाइट भेहिकल उपलब्ध गराउने भएको छ ।
नेपालको भू उपग्रहको नाम मुनाल राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया