मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

६ महिना कटेका शिशुलाई खुवाउनुहोस् यी पाँच खानेकुरा 

शिशु जन्मेको ६ महिनासम्म आमाको दूधले पुग्ने हुन्छ तर, त्यसपछि शिशुको खानेकुरा पनि बिस्तारै बढाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।

सामान्यतया यस्ता विषय थाहा भएकै हुन्छ तर सबैले बुझेका हुँदैनन् । यी पाँच प्रकारका पोषणयुक्त खानेकुरा यसरी बनाएर बच्चालाई खुवाउन उपयुक्त हुन्छ ।

अण्डा

अण्डा आफैमा प्रोटिनको स्रोत हो । बच्चाका लागि अण्डा बनाउन काउली, गाजर र आलुलाई उमाल्ने । उसिनेको काउली, गाजर र आलुमा उसिनेको अण्डलाई त्यसमा मिक्स गरेर तयार गर्न सकिन्छ ।

जाउलो

जाउलो सबैको सोचमा आउने पहिलो खाना हो । तर बच्चाहरूलाई दिने जाउलो पोसिलो बनाउनुपर्छ । जसको लागि गाजर, फर्सी र साग राखेर जाउलो बनाउन सकिन्छ । दुई थरिका दाल (मुगु, मुम, मुसुरो) दिनुपर्छ ।

त्यसमा गाजर, फर्सी र साग मध्ये एक साथै स्वादको लागि नुन र घिउ थप्न सकिन्छ । यसरी पोसिलो जाउलो बनाएर खुवाउन सकिन्छ ।

आलुको सुप

एउटै कुरा धेरै बनाइरहन मन नलागेमा नयाँ र नलौ खानेकुरा आलुको सुप हो । आलुको सुप बनाउनका लागि आवश्यक एक वा दुई दाना आलु र चार देखि पाँच थरीका दालहरू लिने । साग, टमाटर, प्याजलाई दाल पकाए सरह नै कुकरमा सिटी लगाएर बनाउँदा एकदमै पोसिलो सुप तयार हुन्छ ।

लिटो

पोसिलो लिटो बनाउन गहुँ, मकै, भटमास छुटा छुट्टै बराबर मात्रामा लिने । त्यसलाई भुटेर पिस्ने अर्थात् मिक्स्चर राखेर धुलो बनाउने । यसरी बनाइएको पिठोलाई पानीमा उमालेर स्वादको लागि चिनी राख्न सकिन्छ ।

लिटोलाई दूधमा राखेर पनि बनाउन सकिन्छ । साथै पानीमा उमालेर बनाउँदा अण्डाको भित्री भागलाई मिक्स गरेर बनाउन पनि सकिन्छ ।

फर्सीको रोटी

यसमा पहिला फर्सीलाई स–सानो टुक्रामा काट्ने । काटिएका फर्सीलाई पनिमा उमाल्ने । उमालिसकेपछि उक्त फर्सीलाई लिटो जस्तै मिच्ने। त्यसमा गहुँको पिठो र काँचो अण्डालाई मिलाएर पेस्ट बनाउने ।

यसरी बनाइएको पेस्टलाई पेनमा तावा अथवा प्यानमा घिउ राखेर बिस्तारै रोटीको आकार बनाए तयार गर्ने । यसरी तयार भएको रोटीलाई बच्चाको उमेर अनुसार मिलाएर खुवाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?