मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ– त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनीविरुद्धको उपाधि भिडन्तमा नेपालले टस जितेको छ ।

हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । योसँगै पपुवा न्यूगिनीले पहिला ब्याटिङ गर्नेछ ।

नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि भएको नेपाल र हङकङबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो ।

हिजै भएको अर्को खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

नेपाली टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दिप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, आकाश चन्द, लोकेश बम, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी र सागर ढकाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?