मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

त्रिकोणात्मक टी–२० आई सिरिज

नेपालको शानदार जीत: पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा

काठमाडौँ– हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गतको खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

खेलको दोस्रो ओभरको छैठौँ बलमा नेपालका प्रतिश जिसीले पहिलो विकेट लिए । उनले टोनी उरालाई पेभिलियन फर्काए । त्यस्तै रोहित पौडेलले खेलको ३ ओभरको दोस्रो बलमा नेपाल रोहित पौडेलले सेसे बौलाई आउट गर्दै दोस्रो विकेट लिए ।

नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिए ।

त्यसपछि लामो समय विकेट लिन नसकेको नेपालले सातौँ ओभरको अन्तिम बलमा कुशल भुर्तेलले तेस्रो विकेट लिए । त्यस्तै आठौँ ओभरको दोस्रो बलमा प्रतिश जिसीले चौथो विकेट लिए ।

त्यसपछि दश ओभरको अन्तिम बलमा आकाश चन्दले चार्लेस अमिनीलाई पेभिलियन फर्काए । त्यसपछि बलिङ गर्न आएका कुशल भुर्तेलले नेपालका लागि लगातार २ विकेट दिलाए । उनले ११ ओभरको पहिलो र दोस्रो बलमा लेगा सियका र नोर्मन भनुवालाई आउट गरे ।

त्यस्तै तह्रौँ ओभरको अन्तिम बलमा भुर्तेलले किप्लिन डोरिगालाई आउट गरे भने १५ ओभरको चौथो बलमा गुल्सन झाले नेपाललाई अर्को विकेट दिलाए ।

पपुवा न्युगिनीको अन्तिम विकेटविरुद्ध १७ ओभरको पहिलो बलमा पपुवा न्युगिनीका जोन कारिकोलाई नेपालका आरिफ शेखले रन आउट गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १ सय ९८ रन बनाएको थियो । ओपनर कुसल भुर्तेल र सन्दीप जोराले अर्धशतक हानेका थिए । भुर्तेलले ३३ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका थिए ।

भुर्तेल ३९ बल खेल्दै ५९ रनमा आउट भए । जोराले २१ बल खेल्दै तीन चौका र तीन छक्काको मद्तमा अर्धशतक बनाए । २६ बल खेलेका जोरा चार छक्का र तीन चौका प्रहार गर्दै ५६ रन बनाएर आउट भए ।

नेपालका लागि अर्का ओपनर विनोद भण्डारीले २२ बल खेल्दै २७ रन जोडे । लोकेस बमले ६ बलमा १४ रन बनाए । विवेक यादव चार बलमा १९ रन हान्दै नटआउट रहे भने गुल्सन झाले नटआउट १२ बलमा १५ रन बनाए ।

चार बल खेलका कप्तान रोहित पौडेल एक रनमा आउट हुँदा आरिफ सेख ७ बल खेल्दै चार रन बनाएर आउट भए ।

पिएनजीका असाद भालाले २ विकेट लिँदा नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १–१ विकेट लिएका थिए । फाइनलमा पुग्न नेपालले यो खेल जित्नैपर्ने दबाब थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?