मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

त्रिकोणात्मक टी–२० आई सिरिज

नेपालले पपुवा न्युगिनीलाई दियो १ सय ९९ रनको लक्ष्य

काठमाडौँ– हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई १ सय ९९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९८ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए । भुर्तेलले ३९ बलमा ४ चौकासहित सर्वाधिक ५९ रन बनाए भने सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए ।

त्यस्तै विनोद भण्डारी २७ र लोकेश बम १४ रनमा आउट भए भने विवेक यादवले १९ रन जोडे । यस्तै गुलशन झाले १५ रन जोडे ।

कप्तान रोहित पौडेल एक रनमा आउट भएका थिए भने आरिफ शेरले चार रन बनाए ।

फाइनलमा पुग्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?