काठमाडौँ– वर्षाका कारण रोकिएको नेपाल र हङकङबीचको त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गतको खेल पुनः शुरु भएको छ ।
टस हारेर पहिला ब्याटिङ गरिरहेको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।
नेपालका करण केसीले पहिलो बलमै हङकङका ओपनर मार्टीन कोट्जेको विकेट लिएका थिए ।
नेपाल फ्रेन्डसिप कपको एकमात्रै खेलमा हिजो हङकङसँग ७३ रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया