काठमाडौँ– मैत्रीपूर्ण टी-२० खेलमा हङकङसँग नेपाल ७३ रनले पराजित भएको छ ।
टस हारेर ब्याटिङ गरेको हङकङले २ सय १३ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो ।
हङकङले २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।
हङकङका लागि बाबर हायातले ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा १ सय १० रन बनाएपछि नेपालले जीत हासिल गर्ने सम्भावना कम हुँदै गएको थियो ।
त्रिकोणात्मक सिरिज खेल्न पुगेको नेपाली टोलीले हङकङसँग शनिबार मैत्रीपूर्ण खेल खेलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया