मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खरायोले आफ्नै दिसा किन खान्छ

काठमाडौँ – सानो चिटिक्कको हुने र चुलबुले स्वभाव रहने खरायो नदेख्ने र नचिन्ने कमै होलान् ।

तर तपाईँलाई सुन्दा अचम्म लाग्ला ! खरायोमा आफ्नै मल खाने एउटा अनौठो बानी हुन्छ । उसको यो बानीका पछाडि विशेष वैज्ञानिक कारण छ । 

खरायो एउटा यस्तो जीव हो जसको पाचन प्रणाली राम्रो तरिकाले विकसित भएको हुँदैन । जसका कारण खरायोको पेटमा धेरै खानेकुरा पचेकै हुँदैन र निकै धेरै पोषक तत्त्वहरू मलसँगै बाहिर आउँछ ।

त्यसैले यसरी गरेको पोषक तत्त्वयुक्त दिसालाई खरायोले पुनः खान्छ जसका कारण पाचन प्रणालीले बढी भन्दा बढी पोषक तत्त्व ग्रहण गर्दछ ।

अर्थात् आफ्नै स्वास्थ्यका लागि खरायोले आफ्नै दिसा खाएको हुन्छ । खरायोले आफ्नै दिसा खानु उसको स्वास्थ्य तथा पाचन प्रक्रियाका लागि निकै महत्त्वपूर्ण प्रक्रिया हो । खरायोको मल दुई खालको हुन्छ ।

एउटा साना कालो गोलाकार र अर्को नरम कालो, जसलाई सेकोट्रोप्स भनिन्छ । यही सेकोट्रोप्सलाई खरायोले खाने गर्छ ।  खरायोले सामान्यतया दिनमा एक पटक यसरी आफ्नै दिसा खाने गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?