मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निर्देशकको दाबी: ‘उपहार’ले दर्शक तान्यो

काठमाडौँ– आज शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म ‘उपहार’ले दर्शकको साथ पाएको निर्माण टिमले दाबी गरेको छ । चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले  हल हलमा फिल्मले दर्शक तान्न सफल भएको छ भन्दै खुशी व्यक्त गरे ।

विशेषतः फिल्मलाई सबै वर्गले रुचाएको निर्माण पक्षको दाबी छ । यो फिल्ममा रेखा थापा र मुकुन भुसालको जोडी देख्न सकिन्छ ।

काठमाडौँका अधिकांश फिल्मले राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ । अष्टनारायण लबिम मल, बिग मुभिजमा चलचित्रले पाएको काठमाडौँ बाहिरका चितवन, पोखरा, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति राम्रो देखिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए ।

‘चलचित्रलाई दर्शकले मन पराउनुभएको छ, हामी सम्पुर्ण चलचित्र टिम खुसी छौं,’ निर्देशक देउजाले भने ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?