मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छालाको एलर्जी हुनेले खानुहुँदैन यस्ता खानेकुरा

काठमाडौँ- छालामा हुने एलर्जी एक प्रकारको अटो इम्युन रोग हो जसमा छालाको कुनै पनि भागमा रातो हुने, सुन्निने र चिलाउने हुन्छ ।

यो प्रायः घुँडा, कुहिनो र पछाडि ढाडमा हुन्छ । सामान्यतया मानिसहरूले यसलाई छालाको सामान्य समस्या सोचेर बेवास्ता गर्छन् । तर यो शरीरभरी फैलिन सक्छ ।

यो निको नहुन सक्छ । तर उपचारसँगै खानपानमा केही परिवर्तन गरेर यस्तो समस्या बढ्नबाट रोकथाम गर्न सकिन्छ । यस प्रकारको समस्या हुनेले केही खाना खानबाट बच्नुपर्छ ।

यस्ता समस्या भएका मानिसले खान नहुने आठ खानेकुरा

– चिज
–प्रशोधन गरिएका खाना जस्तै जङ्क फुड, प्याकेज्ड फुड, प्रसोधित मासु आदि
– रातो मासु
– ग्लुटेन युक्त खाद्यान्न
– रक्सी
– कफी, सफ्ट ड्रिङ्क, एनर्जी ड्रिङ्क
– चकलेट

यस्ता खानाको सेवनले सोरियासिसको लक्षणहरू पनि बढाउन सक्छ । त्यसैले सोरियासिसको समस्या भएका मानिसले छालाबिनाको कुखुराको मासु, माछा जस्ता लिन मिटको सेवन गर्न सकिन्छ ।

साथै, ताजा फलफूल, तरकारी र सम्पूर्ण अन्नको सेवन गर्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?