मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुदिनाको अचार खाए हुन्छन् यस्ता फाइदा

पुदिनाको अचार स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ । यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ । यसकारण आफ्नो खानामा पुदिनाको अचार नछुटाउनुहोला ।

पुदिनाको अचार खानुका फाइदाहरु-

–खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ । साथै शरीरलाई शितलता प्रदान गर्छ ।

–पेट, अनुहार लगायतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ । त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी हुन्छ । पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।

–पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस्। जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ । पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।

–पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ । ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ । दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ। पुदिनाको सेवनले थकाई लाग्ने समस्या पनि निको हुन्छ ।

–यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ । यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।

–पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ ।

–यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?