मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वाफ वुमेन्स च्याम्पियनसिपः नेपाल र जोर्डनबीच उपाधि भिडन्त आज

काठमाडौँ– नेपाल साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपमा उपाधीका लागि नेपालले आज जोर्डनसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुनेछ । 

नेपाल मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । आमन्त्रित टिमको रूपमा पहिलो पटक सहभागिता जनाइरहेको नेपाल पहिलो पटकमै उपाधि हात पार्ने दाउमा छ ।

 यता जोर्डन पनि फाइनलमा नेपाललाई हराउँदै छैटौँ पटक उपाधि उचाल्ने योजनामा छ । 

सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको डिफेन्डिङ च्याम्पियन जोर्डनले सन् २००५ र २००७ मा दुई पटक तथा सन् २०१४, १९ र २२ मा तीन पटक गरी पाँच पटक उपाधि उचालिसकेको छ । 

तुलनात्मक रूपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहँदा पहिलो पटक खेलमा सहभागिता जनाएको नेपालले पनि नेपालले उत्कृष्ट प्रस्तुति दिइरहेको छ ।

यद्यपि फिफाको महिला फुटबलको वरियतामा ७४औँ स्थानमा रहेको जोर्डन विरुद्ध १०५औ स्थानमा रहेको नेपालको प्रतिस्पर्धा नेपालका लागि दबाबपूर्ण नै छ । 

यसैबीच गोल मेसिनका रूपमा चिनिएकी नेपालकी स्ट्राईकर सावित्रा भण्डारी साम्बा फाइनलमा हुने छैनन् ।  भण्डारी फ्रेन्च क्लब इभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएको अखिल नेपाल फुटबल संघ ले जनाएको छ ।

वाफ प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी उनको फाइनलमा अनुपस्थिति नेपालका लागि अर्को चुनौतीका रूपमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?