मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खेलकुद

क्यानले ग्रेड ‘ए’ मा परेका खेलाडीलाई मासिक एक लाख तलब दिने, कसको कति पुग्यो?

पुरुषको तुलनामा महिला खेलाडीको तलब आधा कम

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले ग्रेड ‘ए’ मा परेका खेलाडीलाई मासिक एक लाख तलब दिने भएको छ । शनिवार र सोमवार बसेको क्यानको कार्यसमिति बैठकले खेलाडीहरुको वर्गीकरण गर्दै तलब समेत बढाउने निर्णय गरेको हो ।

क्यानले ३० जना खेलाडीलाई ग्रेडमा वर्गीकरण गरेको हो ।

क्यानले दिएको जानकारी अनुसार ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेल, सोमपाली कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल परेका छन् । अब उनीहरुले मासिक एक लाख तलब पाउने क्यानले जनाएको छ ।

यस्तै ग्रेड ‘बी’ मा पर्ने खेलाडीको मासिक तलब ७० हजार बनाइएको छ । ग्रेड ‘बी’ मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् ।

यस्तै क्यानले ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिस जिसी राखेको छ । उनीहरुको मासिक तलब ५५ हजार रुपैयाँ तोकिएको क्यानले जनाएको छ ।

त्यसै गरी ‘ग्रेड डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ परेका छन् । उनीहरुको मासिक तलब ३५ हजार तोकिएको छ ।

बाँकी सात प्रदेशका इमर्जिङ क्याटगोरीका ७ खेलाडीलाई मासिक २५ हजार दिइने क्यानले जनाएको छ । इमर्जिङ क्याटोगरीमा कोशीका दिपेश कँडेल, मधेशका रुपेश सिंह, बागमतीका रिजन ढकाल, गण्डकीका बिपिन खत्री, लुम्बिनीका देव खनाल, कर्णालीका अर्जुन घर्ती र सूदुरपश्चिमका हेमन्त धामी रहेका छन् ।

त्यस्तै क्यानले नेपाली महिला क्रिकेटरलाई पनि वर्गीकरण गरेको छ । महिलाको तलब भने पुरुषको तुलनामा आधा कम तोकिएको छ ।

क्यानका अनुसार वर्गीकरण गरिएका १९ खेलाडीमा तीन जना महिला खेलाडी ग्रेड ‘ए’ मा परेका छन् । ग्रेड ‘ए’ मा इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर परेका छन् । उनीहरुको मासिक तलब ५० हजार रुपैयाँ तोकिएको छ ।

यस्तै ग्रेड ‘बी’ मा कविता कुँवर परेकी छिन् । क्यानका अनुसार उनको मासिक तलब ३५ हजार हुनेछ ।

त्यसै गरी ग्रेड ‘सी’ मा परेका महिला खेलाडीले मासिक तलब ३० हजार उपलब्ध गराउने भएको छ । ग्रेड ‘सी’ मा पूजा महतो र अश्मिना कर्माचार्य परेका छन् ।

क्यानको सूचीमा ग्रेड ‘डी’ मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल परेका छन् । उनीहरुको मासिक तलब २५ हजार हुने क्यानले जनाएको छ ।

यस्तै इमर्जिङ क्याटोगोरीमा परेका सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुवि पोदार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का, सना प्रविनलाई मासिक २० हजार दिने पनि क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?