काठमाडौँ – एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा नेपाल–ए ले क्यानडा–११ विरुद्ध पहिले फिल्डिङ गर्दैछ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । कप्तान विनोद भण्डारी आज टोली नभएपछि जोराले कप्तानको जिम्मेवारी पाएका हुन् ।
आज नेपालले पहिलो खेलभन्दा दुई परिवर्तन गरेको छ । नियमित कप्तान विनोद भण्डारी र प्रतिश जिसीलाई विश्राम दिएर शेर मल्ल र रिजन ढकाललाई मौका दिएको छ ।
पहिलो खेलमा चार विकेटले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।
दोस्रो सिरिजको अन्तिम खेल फागुन १० गते बिहीबार हुनेछ। यो सिरिज पछि क्यानडाले फेब्रुअरी २८ तारिखदेखि युएई र स्कटल्याण्डसँग आइसीसी लिग टूको पहिलो त्रिकोणात्मक सिरिज खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया