मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘अभिमन्यु : च्याप्टर १’ दशैंको फूलपातीमा प्रदर्शन नहुने

काठमाडौं। नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर १’ दशैंको अवसर पारेर रिलिज हुने चर्चा रहे पनि अब सो योजना पनि स्थगित भएको छ। निर्माण टिमले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत फिल्म आउँदो २४ असोजमा देशभर प्रदर्शन हुने जानकारी दिएको छ।

यसअघि फिल्म १३ असोजमा रिलिज हुने तयारीमा थियो। तर, जेनजी आन्दोलनको प्रभावका कारण प्रदर्शन मिति पछाडि सारिएको थियो। त्यसपछि दशैंको फूलपाती (१९ असोज) मा रिलिज हुने अनुमान गरिए पनि वितरक र प्रदर्शकहरूको सुझाव अनुसार फिल्मलाई केही समयपछि सारिएको निर्माण पक्षले जनाएको छ।

निर्माण टिमका अनुसार ‘अभिमन्यु’ अब नेपाली र हिन्दी दुबै भाषामा २४ असोजमा रिलिज गरिनेछ। सो मितिमा अन्य कुनै ठूला नेपाली फिल्मको प्रदर्शन घोषणा नभएकाले ‘अभिमन्यु’ ले राम्रो प्रदर्शनको अवसर पाउने अपेक्षा गरिएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्मले सामाजिक र राजनीतिक यथार्थमा आधारित कथा प्रस्तुत गर्ने निर्माण टिमको दाबी छ। चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा देखिनेछन्।

चलचित्रको लेखन तथा निर्देशन सुशान्त गौतमले गरेका हुन्। फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माताका रूपमा रहेका छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?