मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ। म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।

सिटीले नापोलीलाई २–० ले पराजित गरेको हो। सिटीको जितमा एर्लिङ हालान्ड र जेरेमी डोकुले एक-एक गोल गरे। हालान्डले ५८औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए भने डोकुले ६५औं मिनेटमा दोस्रो गोल गरे।

यस खेलमा नापोलीका खेलाडी जियोभानी डि लोरेन्जोले २१औं मिनेटमा नै रातो कार्ड पाएका थिए। जसका कारण नापोली बाँकी समय १० खेलाडीमा सीमित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?