मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्लेन म्याक्सवेलको एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा

एजेन्सी– अस्ट्रेलियाका प्रसिद्ध अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय (ओडीआइ) क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सोमबार एक पोडकास्टमार्फत आफ्नो सन्यासको घोषणा गरेका हुन्।

म्याक्सवेलले सन् २०१२ मा अफगानिस्तानविरुद्ध डेब्यू गरेका थिए। उनले हालसम्म १४९ एकदिवसीय खेल खेल्दै ३,९९० रन बनाएका छन्। यस अवधिमा उनले ७७ विकेट लिएका छन् भने ९१ क्याचसमेत गरेका छन्। उनको ब्याटिङ औसत ३३.८१ र स्ट्राइक रेट १२६.७० रहेको छ।

एकदिवसीय करिअरमा उनले चार शतक र एक दोहोरो शतकसमेत प्रहार गरेका छन्। उनले सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप अस्ट्रेलियालाई जिताउन योगदान दिएका थिए। विशेषगरी सन् २०२३ को विश्वकपमा अफगानिस्तानविरुद्ध २०१ रनको अविजित पारी उनले खेलेका थिए।

पोडकास्टमा बोल्दै म्याक्सवेलले भने, “मैले चयन समिति अध्यक्ष जर्ज बेलीसँग राम्रो छलफल गरें। हामीले सन् २०२७ को विश्वकपबारे कुरा गर्यौं। मलाई त्यो विश्वकप खेल्ने जस्तो लाग्दैन, अब मेरो स्थानमा नयाँ खेलाडीलाई मौका दिने समय आएको छ।”

तर म्याक्सवेल टी-२० क्रिकेट भने खेलिरहने छन्। उनले सन् २०२१ मा अस्ट्रेलियाका लागि टी-२० विश्वकप पनि जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?