काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्ग्स १ सय २७ रनमा अल आउट भएको छ । टीयू मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १ सय २७ रन बनाउँदै अल आउट भयो ।
यससँगै जनकपुर बोल्ट्सले १ सय २८ रनको लक्ष्य पाएको छ ।
विराटनगरका लागि न्युजिल्याण्डका मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए । ४३ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे । ओमानी खेलाडी अकिब इलियासले १८ बलमा १५ रनको योगदान दिए ।
जनकपुरका ललीत राजवंशीले शानदार बलिङ गर्दै ३ विकेट लिए । त्यस्तै, हर्ष थाकेर र किशोर महतोले समान २ विकेट लिए । किशोर महतोले २ विकेट लिए भने बेन माइक र मोहम्मद मोहसिनले १–१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया